कैलालीमा गुडिरहेको बसमा ढुङ्गामुढा गर्ने विप्लवका चार जना पक्राउ

Nisharg hospital

७ भदौ, धनगढी । कैलालीमा गुड्दै गरेको बसमा ढुङ्गामुढा गर्ने नेकपा (विप्लव) का चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको लम्कीचुहा नगरपालिका इलाकामा बन्द गराउदै गुडिरहेको बसमा ढुङ्गामुढा गर्ने चार जना कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले उनीहरुलाई इलाका प्रहरी कार्यालय लम्कीको टोलीले पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको बताए ।

उनकाअनुसार ढुङ्गामुढा गर्ने कार्यमा संलग्न व्यक्तिहरु नेकपा (विप्लव) कै कार्यकर्ता भएको खुलेको छ । तर प्रहरीले उनीहरुको परिचय भने खुलाएको छैन । उनीहरुलाई बन्द खुलेपछि छोड्ने तयारी प्रहरीले गरेको छ ।

 

याे पनि हेर्नुस्
Loading...