कैलालीमा स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँसहित युवक पक्राउ

Nisharg hospital

२८ भदौ, धनगढी । कैलालीमा स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँसहित प्रहरीले युवकलाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–१८ एच गाउँस्थित ३२ वर्षीय हिरा बिकको घरमा गहुँ राख्ने भकारीमा स्टीलको बाल्टीमा लुकाएको अवस्थामा ८ लाख भारतीय रुपैयाँ बरामद गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।

उनकाअनुसार विशेष सूचनाका आधारमा घर खानतलासी गर्दा उक्त रकम फेला परेको हो । प्रहरी आइरहेको थाहा पाएपछि घरबाट भागेका बिकलाई धनगढी उपमहानगरपालिकाको बेहडाबाबा क्षेत्रबाट पक्राउ गरिएको बताउँदै प्रहरी नायब उपरीक्षक जोशीले थप कुरा छानबिनपछि मात्र थाहा हुने बताए ।

उनकाअनुसार बिक भारतमा काम गर्ने गरेकाले बरामद भएको रकम उतैबाट चोरी गरेर ल्याएको हुनसक्ने देखिएको छ । बिक केही दिन अघि मात्र भारतको मुम्बईबाट घर फर्किएका थिए ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...