हराएका शिक्षक भिरमा अड्किएको अवस्थामा भेटिए, हेलिकोप्टरबाट उद्धार गरिंदै

Nisharg hospital

२ असोज, काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ को छ्यादी खोलामा नुहाउने क्रममा बेपत्ता भेटिएका छन् । हराएका शिक्षक केशव सिवाकोटी भिरमा अड्किएको अवस्थामा जिवितै फेला परेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता एवम् डिएसपी दक्षकुमार बस्नेतले शिक्षक सिवाकोटी ढुंगामा अड्किएको अवस्थामा फेला परेको बताउदै उनको उद्धारको लागि हेलिकोप्टर मगाइएको जानकारी दिए । ‘ठाउँ अप्ठ्यारो भएकाले उद्धारका लागि हेलिकोप्टर नै प्रयोग गर्नुपर्ने देखियो, हामीले हेलिकोप्टर मगाइसकेका छौं,’ बस्नेतले भने ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भिरबाट सिवाकोटीको आवाज आएको र उनको उद्धारको लागि जुटिसकेको जानकारी दिए । सिवाकोटी शनिबार पौडी खेल्ने क्रममा हराएका थिए ।

याे पनि हेर्नुस्
Loading...