डाक्टर केसीलाई काठमाडौँ लैजान सेती अस्पतालमा सुरक्षाकर्मी तैनाथ

Nisharg hospital

४ असोज, धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत अनसनरत डाक्टर गोविन्द केसीलाई काठमाडौ लगिने भएको छ ।

केसीको स्वास्थ्यमा जटिल खालको समस्या देखिएपछि स्वास्थ्य मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले काठमाडौँ लैजाने तयारी गरेको हो ।

Navjiwan hospital adv

जिल्ला प्रशासन कार्यालय कैलालीकाअनुसार केसीलाई काठमाडौँ लैजान गृह मन्त्रालयले नेपाली सेनाको स्काइ ट्रक पठाउने भएको छ । सोही ट्रक मार्फत उनलाई लगिनेछ ।

उनी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा।केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि सेनाको स्काईट्रक मार्फत काठमाडौं पठाउने तयारी गरेको जिल्ला प्रशासनले कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

उनका अनुसार सेती प्रादेशिक अस्पताल परिसरमा सुरक्षा व्‍यवस्था कडा बनाइएको छ ।

 

याे पनि हेर्नुस्
Loading...