काठमाडौ महानगरपालिकाले अनुमतिविना होर्डिङ बोर्ड र डिजिटल बोर्ड राख्न नदिने

Seti
arth ok

५ असोज, काठमाडौं । अब काठमाडौं महानगरपालिकाभित्र अनुमतिविना होर्डिङ बोर्ड र डिजिटल बोर्ड राख्न नपाइने भएको छ ।

Nisharg hospital

बुधबार एक सार्वजनिक सूचना जारी गर्दै काठमाडौं महानगरपालिकाले अनुमति नलिएका र अनुमतिको अवधि सकिएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन निर्देशन दिएको छ ।

‘५ असोज गतेबाट अनुमति बीना वाहृय विज्ञापन सञ्चालन नगर्न/नगराउन सम्वद्ध सबैलाई सूचित गरिन्छ,’ महानगरको सूचनामा भनिएको छ ।

HPV

महानगरले उच्च अदालत पाटनले निषेधाज्ञाको मुद्दामा भदौ ३० मा दिएको आदेशका आधारमा यस्तो सूचना जारी गरिएको बताएको छ ।

वाह्य विज्ञापन सञ्चालन नगर्न/नगराउन सम्बद्ध व्यक्ति, संस्था, कम्पनी र निकायलाई सूचित गरिएको छ । नियम उल्लंघन गरी वाह्य विज्ञापन गरेमा नगर प्ररीहले बन्द गराउने सूचनामा उल्लेख छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...