दार्चुलामा खोलाले बगाएर बेपत्ता व्यक्तिको शव फेला

Nisharg hospital

६ असोज, धनगढी । दार्चुलास्थित लास्कु खोलामा आएको बाढीले बगाएर बेपत्ता व्यक्तिको शव भेटिएको छ ।

जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ का ५० वर्षीय मोहन लुहारको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारि दिएको छ ।

प्रहरीका अनुसार परीक्षण गरी शव आफन्तको जिम्मा लगाइएको छ । भदौ २५ गते अविरल वर्षापछि लास्कु खोलामा आएको बाढीले जनधनको क्षति गरेको थियो । बाढीले बगाउँदा १० जना बेपत्ता भएका थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...