कैलारीमा ५७ जना कर्मचारीलाई समय अगाबै पोशाक भत्ता

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । कैलालीको कैलारी गाउँपालिकामा स्वास्थ्य सेवाका ५७ जना कमचारीलाई समय अगाबै  पोशाक भत्ता भुक्तानी गरिएको छ।

निजामती सेवा नियमावली २०५० को नियम ११९ क (३) मा नेपाल सरकारले तोके बमोजिमको पोशाक भत्ता प्रत्येक वर्षको चैत्र महिनाको तलवसगैँ भुक्तानी गर्ने व्यवस्था छ।

पालिकाले यस वर्षको स्वास्थ्य सेवाका ५७ जना कमचारीलाई माघ महिनामै पोशाक भत्ता उपलब्ध गराएको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ।

नियमावलीले तोकेको समयमा पोशाक भत्ता भुक्तानी गर्नुपर्नेमा पालिकाले समय अगाबै भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...