सुदूरपश्चिमका मन्त्री सोडारीकी श्रीमतीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

panchodaye

७ असोज, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती गीता सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

Nast college

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रीकी श्रीमती सोडारीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको जनाएको छ । सोडारीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको जागिर खाएको अभियोगमा उनीविरुद्ध उजुरी परेको थियो ।

Nisharg hospital

धनगढी उपमहानगरपालिका ९ को शिव माध्यमिक विद्यालयमा राहत शिक्षकका रुपमा काम गरेकी उनले बोर्ड अफ सेकेन्डरी इजुकेशन, दिल्लीबाट १० कक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पुष्टि भएको अख्तियारको भनाई छ ।

सोडारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद सजाय र जरिवाना माग दाबी गरिएको छ ।

यस्तो छ अख्तियारको विज्ञप्ती

जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका वडा नं. ९, स्थित श्री शिव निम्न माध्यमिक विद्यालय (हाल मा.वि.) देवरिया कैलालीमा कार्यरत प्राथमिक तहका राहत शिक्षक गिता सोडारीको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा श्री शिव माध्यमिक विद्यालय देवहरियामा कार्यरत प्राथमिक तह राहत शिक्षक गिता सोडारीले Board of Secondary Education, Delhi भारतबाट एउटै तहका दुई ओटा माध्यामिक शिक्षा उत्तीर्ण सरहका (कक्षा १०) शैक्षिक योग्यताका प्रमाणपत्रहरु नक्कली बनाई ल्याई आफ्नो योग्यता ढाँटी झुट्टा प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको ओहदा प्राप्त गरी आफूलाई फाइदा र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने वदनियत राखी भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएकोले  निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित झुट्टा प्रमाणपत्र पेश गरी भष्टाचारको कसुर गरेको देखिँदा निज शिक्षक गिता सोडारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद सजाय र जरिवाना हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...