धनगढीबाट युवती दुई दिनदेखि बेपत्ता, प्रहरी खोज्दै

Nisharg hospital

७ असोज, धनगढी । धनगढीबाट एक युवती बेपत्ता भएकी छन् । धनगढी उपमहानगरपालिका–३ को बिशालनगरमा बस्दै आएकी प्रकृति चन्द दुई दिनदेखि हराइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले चन्द हराएको भन्दै उनको परिवारले खोजीका लागि निवेदन दिएको जानकारी दिए ।

हाल उनको खोजी भइरहेको डीएसपी जोशीले बताए । बैतडी घर भएकी चन्द धनगढीमा परिवारसँगै डेरा गरी बस्दै आएको बुझिएको प्रहरीको भनाई छ ।

उनी धनगढीकै एक कलेजमा बीबीएस पहिलो वर्षमा अध्ययनरत थिइन् ।

याे पनि हेर्नुस्
Loading...