सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

Nisharg hospital
Bogtan

८ असोज, धनगढी । सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । धनगढीको राजपुरमा रहेको आयुर्वेद चिकित्सालयले अगामी असोज ११ देखि १४ गतेसम्म निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाएको छ ।

शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै चिकित्सालयले निःशुल्क शिविर सञ्चालन गर्ने बारे जानकारी दिएको हो । चिकित्सालयको व्यवस्थापन समितिको अध्यक्षमा नरेशबहादुर बिष्टले चार दिने स्वास्थ्य शिविर सञ्चालन गरिने जानकारी दिए । सर्वसाधारण नागरिकलाई आयुर्वेद स्वास्थ्यको पहुँचमा पुगाउन र आयुर्वेद उपचार पद्धतीमा आवद्धमा गराउन शिविरको आयोजना गरिएको अध्यक्ष बिष्टले बताए ।

kmc
Nast

असोज ११ गतेदेखि नै चिकित्सालयले निः शुल्क ओपीडी सेवा सुचारु हुने जनाएको छ । ‘आयुको ज्ञान’ भएको बताउँदै आयुको सत्ता, आयुसम्बन्धी ज्ञान र पूर्ण आयुका साथ शारीरिक र मानसिक स्वस्थता प्राप्ति गर्ने विधिनै आयुर्वेद उनको भनाई छ ।

suklaphata

‘आयुर्वेद चिकित्सालयले मानिसलाई जीउने कला सिकाउने भएकाले पनि यसको प्रचारपसार गर्न आवश्यक छ,’ बिष्टले भने । स्वास्थ्य शिविरमा निःशुल्क ओपिडि सेवा सञ्चालन गरिने बताउँदै सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक खगेन्द्र बमले क्षारसूत्र, पञ्चकर्म, अग्निकर्मलगायतका सेवाहरू सञ्चालन गरिने जानकारी दिए ।

प्रादेशिक चिकित्सालय सञ्चालनमा आएपछि पायल्स, फिस्टुला, फिसर रोगजस्ता सेवा लिन बुटवल, नेपालगञ्ज, काठमाडौँ जानुपर्ने सुदूरपश्चिमबासीको बाध्यता हट्ने बमको विश्वास छ । स्वास्थ्य शिविरमा पुर्जा लिनका लागि सुरेन्द्रबहादुर शाही र गजेन्द्रप्रसाद कुशवाहालाई सम्र्पक गर्न सकिने चिकित्सालयले जनाएको छ ।

हालै सञ्चालनमा आएके चिकित्सालयमा ३५ जना कर्मचारीको स्वीकृत दरबन्दी छ । तर सबै पदपूर्ति भने भइसकेका छैनन् । कर्मचारीको दरबन्दी परिपूर्ति गर्नका लागि विज्ञापन खोल्ने तयारी भइरहेको छ ।

चिकित्सालयमा पाँच जना डाक्टर, पाँच जना हेल्थ असिटेन्ट, दुई जना स्टाफ नर्स र एक-एक जना ल्याब असिटेन्ट, प्राकृतिक चिकित्सक र रेडियोग्राफरको दरबन्दी छ ।
निमित्त निर्देशक बमकाअनुसार ५० बेडको चिकित्सालय नेपालकै सबैभन्दा ठूलो हो । सहरी विकास तथा भवन निर्माण कार्यालयले १८ करोड लगानीमा भौतिक संरचना निर्माण गरेको थियो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...