धनगढी विमानस्थलमा आजदेखि भिजिटर पास अनिवार्य

kmc

१० असोज, धनगढी । धनगढी विमानस्थलमा आजदेखि भिजिटर पास लागु गरिएको छ । चाडपर्व लक्षित सुरक्षा योजनाअनुसार विमानस्थलको सुरक्षामा खटिएको प्रहरीको विशेष सक्रियतामा कोरोना महामारीपछि बन्द अवस्थामा रहेको भिजिटर पासलाई पुनः अनिवार्य गरिएको हो ।

suklaphata

विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले सुरक्षा संवेदनशिलता र व्यवस्थित गर्ने उद्देश्यअनुसार कोभिड महामारीपछि बन्द रहेको भिटिर पासको व्यवस्थालाई फेरी लागु गरिएको जानकारी दिए ।

उनकाअनुसार अब विमानस्थलको टर्मिनल भवनमा प्रवेश गर्न पास शाखाले उपलब्ध गराएको भिजिटर पास लिएर मात्र जानुपर्नेछ । भिजिटर पास नभएका व्यक्ति विमानस्थलको टर्मिनल भवनभित्र प्रवेश गर्न पाउने छैनन् । तर टिकट विमानको टिकट काटिसकेका यात्रुका हकमा भने टिकट देखाएमा प्रवेश गर्न पाइनेछ ।

यसअघि भिजिटर पासको व्यवस्था नहुँदा विमानस्थल सुरक्षार्थ खटिएका प्रहरीलाई भीड व्यवस्थापनमा समस्या हुने गरेको थियो । पुनः सोही व्यवस्था कार्यान्वयनमा आएपछि व्यवस्थापनमा सहज हुने विश्वास गरिएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...