कैलालीमा जीपको ठक्करबाट पैदल यात्रुको मृत्यु

Nisharg hospital

१० असोज, धनगढी । कैलालीमा जीपले ठक्कर दिदा एक जना पैदल यात्रुको मृत्यु भएको छ ।

Navjiwan hospital adv

सोमबार बिहान गोदावरी धाम नजिकै ग १ ज ६८५५ नम्बरको जीपले ठक्कर दिदा गोनपा–१ को भालुखोला बस्ने अन्दाजी ४५ वर्षीय सेकुराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका पहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रबिन्द्र पाण्डेले जीपको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

जीपसहित चालक बाजुराको बडीमालिका नगरपालिका–६ बस्ने २६ वर्षीय गणेश बडुवाललाई नियन्त्रणमा लिइएको उनले बताए । मृतक चौधरीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

याे पनि हेर्नुस्
Loading...