सुदूरपश्चिमको तराई रुटमा टाईम कार्ड, ट्राफिक प्रहरीले ल्यायो १ मिनेट यात्रुसँग कार्यक्रम

Nisharg hospital

१० असोज, धनगढी । सुदूरपश्चिम प्रदेशमा दशैँ तिहारका बेला सवारीसाधनमा तराई रुटमा पनि टाईम कार्ड प्रणाली लागु हुने भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बनाएको दशैं तिहार चाडपर्व लक्षित सुरक्षा योजना अन्तरगत कञ्चनपुर र कैलालीका लामो रुटमा टाईम कार्ड प्रणाली लागु गरेको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक(एसपी) प्रविण धितालले महेन्द्रनगरदेखि चिसापानी र धनगढीदेखि चिसापानी सम्म चल्ने सवारीसाधनमा दशैं तिहारका बेला टाइम कार्ड लागु गरिएको जानकारी दिए ।

चाडपर्वका बेला घना बस्ती भएको राजमार्ग क्षेत्रमा मानिसहरुको भीडभाड बढि हुने् कुरालाई दृष्टिगत गर्दै सम्भावितत दुर्घटना न्युनीकरण गर्न टाईम कार्ड लागु गरिएको उनी बताउँछन् । प्रदेश ट्राफिक प्रहरीले दशैं तिहार विशेष सुरक्षा योजना अन्तरगत सवारीसाधन चेकजाँचमा कडाई गर्नुका साथै लामो दुरीमा दुई जना चालक अनिवार्य गरेको छ भने ठाउँ–ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।

यात्रु सहायता कक्षमा खटिने प्रहरी कर्मचारीले एक मिनेट यात्रुसँग कार्यक्रम अन्तरगत उनीहरुले भोग्नुपरेको समस्याबारे जानकारी लिने तथा उचित परामर्श दिने काम गरिरहेका छन् ।

यात्रुसँग बढि भाडा लिएको, चालक र सहचालकले अमिल्दो व्यवहार गरेको पाइएमा ठाउँको ठाउँमै कारवाही गरिने चेतावनी समेत प्रदेश ट्राफिक प्रहरीले दिएको छ । विशेषगरी पहाडी रुटमा यात्रुको अत्यधिक चापका कारणले दुर्घटनाको जोखिम बढ्दो हुने भएकाले सवारीसाधनमा निगरानी बढाइएको छ ।

यात्रु बाहक गाडीमा व्यापारिक प्रयोजनका मालसामान ओसारपसार गरेको पाइएमा सम्झाइबुझाई गर्ने तथा नमानेको अवस्थामा कारवाही गर्ने प्रहरीको भनाई छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...