धनगढीमा सशस्त्र प्रहरीद्धारा ५ लाख २२ हजार बराबरको अवैध सामान बरामद

cp new add
Nisharg hospital

१० असोज, धनगढी । सशस्त्र प्रहरीले भारतबाट अवैध रूप ल्याउदै गरेको अवस्थामा पाँच लाख २२ हजार बढिको सामान बरामद गरेको छ ।

Telecome

उप–महानगरपालिका–२ चेकप्वाईन्ट र मिलनचोक ईलाकामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको टोलीले कम्प्युटर, हार्डवयर, कपडा लगायतका सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी निरीक्षक गोबिन्दबहादुर सिंहको कमाण्डमा खटिएको मोबाईल टोलीले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्र्याउँदै गरेको कम्प्युटर पार्टस, हार्डवेयर पार्टस,लेडीज सुट,ईनभटर,जुत्ता चप्पल लगायतका सामान बरामद गरिएको सशस्त्र प्रहरी बल ३४ नम्बर गण हेडक्वाटर कैलालीले जानकारी दिएको छ ।

बरामद गरिएका सामान कैलाली भन्सार कार्यालयमा दाखिला गरिएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...