दशैंमा २२ अर्बको नयाँ नोट साटियो

Nisharg hospital

१३ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि २२ अर्ब रुपैयाँ पैसा बैंकिङ प्रणालीमा पठाएको छ । राष्ट्र बैंकले २९ भदौदेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराएको थियो ।

Dhanagdhi

यस वर्ष दशैंमा १२ अर्ब रुपैयाँको साना दरको नोट साटहीको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताए । यस्तै ठूला दरको (५०० र १०००) दरका १० अर्ब बराबरको नोट सहटी भएको उनले बताए ।

Aishwya

साना दरका नोट अथवा थप सहटी नहुने तर ठूला दरका नोट भने दशैं बिदा लामो भएकोले बैंकहरुले एटीएममा राख्नका लागि थप माग गर्नसक्ने उनले बताए ।

यस वर्ष दशैं लक्षित साना र ठूला दरको २५ अर्ब रुपैयाँ भन्दा माथिको नयाँ नोट बजारमा जाने देखिएको नेपाल बताउँछन् ।
गत वर्ष साना दरको करिब ८ अर्बको नोट सटही भएकोमा यस वर्ष बढेको उनले बताए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...