धनगढीमा २२ गतेदेखि सुदूरपश्चिम महोत्सव, १५ करोडको कारोबार हुने अनुमान

Nisharg hospital

धनगढी । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा १८ औ संस्करणको सुदूरपश्चिम महोत्सव हुने भएको छ ।

मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले २२ मंसिरदेखि २ पुससम्म महोत्सवको आयोजना हुने जानकारी गराएका हुन् ।

‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने नाराका साथ महोत्सव सञ्चालन हुने छ । करिब तीन करोडको लागतमा आयोजना हुने महोत्सव पुस २ गतेसम्म धनगढी उपमहानगरपालिका–१ को पशुपति टोलमा सञ्चालन हुने अध्यक्ष कुँवरले जानकारी दिए ।

kailali udhog

महोत्सवले सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि र उद्योग व्यापारको विकास तथा विस्तारका साथै संस्कृती र कलाको प्रवद्र्धन गर्दै यस क्षेत्रको समग्र विकासका सम्भावनाहरूलाई उजागर गरी आर्थिक,सामाजिक प्रतिकुलता र विषम सामाजिक परिस्थिति बाट गुज्रिरहेको उद्योग व्यवसायलाई पुर्नस्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

वृहत व्यवसायीक कृषि प्रदर्शनी र कृषिमा आएको प्रविधिलाई व्यवसायमा जोड्नको लागी प्रदर्शनीमा विशेष जोड दिइएको उनले बताए । महोत्सवमा अनुमानित ३ करोडको लगानी हुने दाबी गरिएको छ भने महोत्वसमा उद्योगी व्यवसायको १५ करोड बराबरको कारोवार हुने अनुमान आयोजकले गरेको छ । महोत्सवमा कृषि, जडिवुटी, हस्तकला ,फर्निचर, अटोमोवाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सुचना प्रविधि गरि ५०० सम्म स्टलहरु रहने संघका अध्यक्ष कुँवरले जानकारी दिए ।

उनका अनुसार करिव ९५ प्रतिशत स्टल वुक भइसकेको छ भने महोत्सवको करिव ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । सुरक्षाको दृष्ट्रिकोणले पूर्णरुपमा अत्याधुनिक सिसि क्यामराले निरीक्षण गरिने छ भने निजि र सरकारी सुरक्षाकर्मीहरुको व्यवस्था गरिएको बताइएको छ ।

महोत्सव अवलोकनको लागी विद्यार्थीलाई ५० टिकटदर राखिएको छ भने सर्वसाधारणलाई रु. १००, जेष्ठ नागरिक र फरक क्षमता भएकालाई प्रवेश निशुल्क गरिने संघका अध्यक्ष कुँवरले जानकारी दिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...