१६ असोज, धनगढी । डडेल्धुरामा विभिन्न सुरक्षा निकायहरुले फूलपाती भित्र्याएका छन् । आइतबार जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले फूलपाती भित्र्याएका हुन् ।
सुरक्षा निकायहरुले विधिपूर्वक फूलपाती भित्र्याइएको जनाएका छन् । फूलपातीको साइत बिहान १० बजेर ३ मिनेटमा रहेको थियो । आज दशैंको सातौ दिन देशभरी पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइने चलन रहेको छ ।
देशभरी घटस्थापनादेखि पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ ।