कञ्चनपुरमा माेटरसाइकल दुर्घटना हुँदा २ जनाकाे मृत्यु

Seti
arth ok

२० असाेज, धनगढी ।कञ्चनपुरमा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ  ।

पुनर्वास नगरपालिकाकाे अमरबस्तीस्थित धनगढी-बेलाैरी हुलाकी सडक खण्डमा से ७ प ४७६५ नम्बरको माेटरसाइकल अनियन्त्रित भएर विद्युतकाे पाेलमा ठाेक्किदा दुई जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रमुख प्रहरी निरीक्षक नरेश मल्लले राति करीब ११ बजे भएकाे दुर्घटनामा चालक धनगढी उपमहानगरपालिका-३ का २३ वर्षीय गुड्डु राना र पछाडी सवार पुनर्वास नगरपालिका-१० का २२ वर्षीय विशाल रानाकाे मृत्यु भएकाे जानकारी दिए ।

उनकाअनुसार गम्भीर घाइते भएका दुवै जनाकाे उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकाे हाे । दुवै जनाकाे शव परीक्षणपछि आफन्तकाे जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

Nisharg hospital

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...