एमाले सुदूरपश्चिमका इन्चार्ज भट्टद्वारा उम्मेदवार दर्ता

spa1
Nisharg hospital

२३ असोज, धनगढी । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले मनोनयन दर्ता गरेका छन् । आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर भट्टले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका हुन् ।

swostik

भट्टले उनका मामा ८६ वर्षिया दीर्घराज ओझाले माला लगाएर विजयको शुभकामना दिएका थिए । एमाले पार्टी कार्यालय गोदावरी –२ बनखेत अत्तरियामा मनोनयन दर्ता पुर्व आयोजित कार्यक्रममा ओझाले टीका माला लगाएर आशीर्वाद दिएका हुन् ।

kailali model

उनको क्षेत्रमा प्रदेशसभा ’क’ मा गौरीगंगा नगरपालिकाका पूर्व मेयर भिमबहादुर देउवा र प्रदेशसभा ’ख’मा गोदावरी नगरपालिकाका पूर्व मेयर हरीसिंह साउँदले मनोनयन दर्ता गराएका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...