२३ असोज, धनगढी । नेपाली कांग्रेसले क्रियाशिल सदस्य समेत नरहनेगरी कारवाही गरेका पुष्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर ओझाले कैलाली–५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । ओझालाई २०७४ सालमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजुलाई असहयोग गरेको भन्दै कारवाही गरिएको थियो ।
ओझासँगै प्रदेशसभा ख तर्फ कांग्रेसका क्षितिज भण्डारीले बागी उम्मेदवारी दिएका छन् ।