अछाममा भीम रावलका समर्थकले कालो झण्डासहित गरे केपी ओलीविरुद्ध नाराबाजी

Kailali hospital
Nisharg hospital

२३ असोज, धनगढी । अछाममा नेकपा एमालेका नेता भीम रावलका समर्थकले कालो झण्डासहित पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् ।

Navjiwan hospital adv

जिल्लाबाट सर्वसम्मत सिफारिस भएर केन्द्रले टिकट खोसेर झपट बोहरालाई दिएको विरोधमा क्षेत्र नम्बर १ मा मनोनयन दर्ता गर्ने क्रममा ओलीविरुद्ध नाराबाजी गरिएको हो ।

नाराबाजी गर्ने बेला प्रतिनिधिसभा सदस्यको टिकट पाएका झपट बोहरा पनि मनोनयन दर्ता गर्न गइरहेका थिए ।

उनले निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका छन् । उनीसँगै प्रदेशसभा (क) देवबहादुर कुँवर र प्रदेशसभा (ख) मा कृष्णप्रसाद जैशीले मनोनयन दर्ता गराएका छन् ।

याे पनि हेर्नुस्
Loading...