प्रधानमन्त्री देउवाले उम्मेदवारी खारेज नगर्न माग गर्दै जवाफ दिए

Seti
arth ok

२५ असोज, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी खारेज हुनुनपर्ने कारणसहित पत्नी आरजु राणा देउवाले जवाफ पेश गरेकी छन् । डडेल्धुरास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आरजुले लिखित जवाफ बुझाएकी हुन् ।

Nisharg hospital

मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले प्रधानमन्त्री देउवाको उम्मेदवारी खारेज हुनुनपर्ने कारणसहित जवाफ प्राप्त भएको जानकारी दिए । उनले कार्यालयमा जवाफ पेश भएपनि आफूकहाँ आइनपुगेको बताउदै अध्ययनपछि मात्र निर्णय लिइने जानकारी दिए ।

तर जवाफमा के छ ? भन्ने कुरा खुलाइएको छैन । देउवाको नागरिकता र मतदाता नामावलीमा जन्ममिति फरक–फरक रहेको भन्दै नेपाली कांग्रेस (बिपी) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कर्ण मल्लले उम्मेदवारी खारेजको माग गर्दै निवेदन दिएका थिए ।

HPV

सोही निवेदनका आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार दिउँसो २ बजेसम्म जवाफ पेश गर्न भनेको थियो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...