एक वर्षमा ६१८ किलोमिटर नयाँ सडकमा कालोपत्रे

spa1
Nisharg hospital

२५ असोज, काठमाडौं । गत आर्थिक वर्ष २०७८-७९ मा सडक विभागले ६१८ किलोमिटर सडक कालोपत्रे गरेको छ । सडक विभागले गत वर्ष १८ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर, लक्ष्यको ३४। ३३ प्रतिशत मात्रै प्रगति भएको विभागले जानकारी दिएको छ ।

swostik

त्यसैगरी विभागले गत वर्ष ३३५ किलोमिटर सडकमा ग्राभेल गरेको छ । तर, लक्ष्य भने ८०० किलोमिटरको थियो । २८० किलोमिटर कच्ची सडक खनेको विभागले ४२३ किलोमिटर सडकलाई पुनःनिर्माण तथा पुनर्स्थापना गरेको छ ।

kailali model

२५० किलोटिर सडक आवधिक र नियमित मर्मत पनि भएको विभागले जनाएको छ । ३०० वटा पुलको निर्माण सक्ने लक्ष्य रहेकोमा गत वर्ष २८२ वटा पुलको निर्माण सकिएको विभागले जानाएको छ ।

 

adv khaptad

विभागले गत वर्ष ५५।१८ प्रतिशत वित्तीय प्रगति हात पारेको थियो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...