कैलालीको क्षेत्र नम्बर ३ बाट ६ जनाको उम्मेदवारी फिर्ता

Nisharg hospital

२६ असोज, कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारी दिएका ६ जना बागी उम्मेदवारहरूले मनोनयन फिर्ता लिएका छन ।

Navjiwan hospital adv

प्रदेशसभा ‘क’ मा गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता राम चरण चौधरी र नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य छोटे लाल चौधरीले उम्मेदवारी फिर्ता लिएका हुन ।

त्यसै गरि प्रदेश सभा ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दिएका एमालेका मनराज शाही, पूर्ण राज जोशी, एकीकृत समाजवादी परित्याग गरेका नेता मेघबहादुर साउँद र नेकपा माओवादी केन्द्रका घोडाघोडी नगर अध्यक्ष खगेन्द्र हमालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन ।

बुधवार निर्वाचन कार्यालयमा पुगेर उनीहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ ।

याे पनि हेर्नुस्
Loading...