डडेल्धुरामा कांग्रेस(बिपी) स्वतन्त्र उम्मेदवारसँग मिलेको भन्दै एमालेद्वारा तालमेल भंग

Seti
arth ok

२८ असोज, धनगढी ।नेकपा एमाले, डडेलधुराले नेपाली कांग्रेस बीपीसँग गरेको चुनावी तालमेल भंग भएको घोषणा गरेको छ ।

Nisharg hospital

एमालेले प्रतिनिधिसभामा कांग्रेस बीपीका कर्ण मल्ललाई सघाएको थियो भने प्रदेशसभाको क र ख दुबैमा कांग्रेस बीपीले एमालेलाई सघाउने सहमति भएको थियो । त्यसअनुसार एमालेले चत्रप्रसाद स्नेहीको उम्मेदवारी समेत फिर्ता गराएको थियो ।

तर आफूहरुसँग भएको सहमति विपरीत कांग्रेस बीपीले प्रदेशसभा ख मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेको भन्दै एमालेले आपत्ति जनाएको छ । एमाले, डडेलधुराको शुक्रबार बसेको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘‘।।कांग्रेस बीपीसँग गरिएको चुनावी तालमेल भंग गरी एकल रुपमा निर्वाचनमा होमिने निर्णय आजको बैठकले गरेको छ ।’

HPV

यो निर्णय कार्यान्वयन भए डडेलधुराको प्रतिनिधिसभामा एमालेको उम्मेदवार कोही हुने छैनन् । प्रदेशसभामा भने क मा पठान सिंह बोहरा र ख मा गजेन्द्रबहादुर शाही उम्मेदवार छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...