कैलालीको सामुदायिक वनमा २५ लाख घोटाला, तत्कालीन अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

Nisharg hospital
Airth Mantralaye

३० असोज, धनगढी । कैलालीको चुरे गाउँपालिका ३ को गुप्तपानी सामुदायिक वनमा २५ लाख बढि आर्थिक अनियमितता भएको ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहितका ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको जनाएको छ ।

pradesh helath nirdesanalaye
gauriganga

तत्कालीन अध्यक्ष मनिराम आचार्य, सचिव हिक्मतसिंह भाट, कोषाध्यक्ष पृथ्वीराज विष्ट र अडिटर गौरीप्रसाद नाथविरुद्ध २५ लाख २४ हजार ३४६ रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

Dhangadhi bidhut

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनीहरूले समूहका कुनै पदाधिकारीलाई जानकारी नदिई आर्थिक वर्ष २०७२÷०७३ र ०७३÷०७४ मा खर्च गरेको रकम साधारणसभाबाट अनुमोदन नगराई सरकारी रकम हिनामिना गरेको भन्दै उजुरी परेको थियो । उजुरीमाथि अनुसन्धानका क्रममा सामुदायिक वनबाट भएका आम्दानी रकम बिल भर्पाईविना खर्च गरेको देखाई सक्कल बिल भर्पाई समेत नभएको अख्तियारले जनाएको छ ।

अख्तियारले हिनामिना भएको रकम अध्यक्ष आचार्यबाट असुल गरी कैद र जरिवाना गर्न माग गरेको छ भने सचिव भाट र कोषाध्यक्ष विष्टलाई १८ लाख ३८ हजार ३७२ रुपैयाँ बिगो कायम गरी मुख्य प्रतिवादी मनिराम आचार्य सरहको सजाय हुन माग दाबी गरेको छ ।

अर्का प्रतिवादी अडिटर नाथले भए गरेका कुरा लुकाई छिपाई नभएको कुरा उल्लेख गरी अडिट प्रतिवेदन पेश गरी रकम हिनामिना गर्नमा सहयोग गरेको भन्दै कैद तथा जरिवाना माग गरिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...