३१ असोज, बारा । बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
कलैया उपमहानगरपालिका २३ बैराथपुर बस्ने ७५ वर्षीय ईमान हुसेनको करेन्ट लागी आइतबार बिहान मृत्यु भएको हो ।
सोही ठाउँस्थित आफ्नै घुम्ति पसल खोल्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।