कञ्चनपुरमा गठबन्धनका उम्मेदवार जिताउन सक्रिय बन्न माओवादीको निर्देशन

cp new add
Nisharg hospital
suchana

३१ असोज, महेन्द्रनगर । नेकपा माओवादी केन्द्र कञ्चनपुरले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउनका लागि नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभा ३ र प्रदेशसभाका ६ निर्वाचन क्षेत्रमा बाम लोकतान्त्रिक गठबन्धनका आधिकारीक उम्मेदवारलाई जिताउन नेता कार्यकर्तालाई निर्देशन दिएको हो ।
माओवादीले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै बाम लोकतान्त्रिक गठबन्धका उम्मेदवारको पक्षमा सक्रिय भएर निर्वाचनमा खटिन भनेको छ ।

‘अहिले पार्टीका सम्पूर्ण नेता कार्यकर्ता तथा पाटी सदस्य एव सम्पूर्ण जनबर्गिय संगठन, मोर्चाका नेताको मुख्य जिम्मेबारी भनेकै गठबन्धनका सबै उममेदवारका पक्षमा सक्रिय भएर लाग्नु हो, ‘विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘बाम लोकतान्त्रिक गठबन्धनका सबै उम्मेदवारको पक्षमा सकृय भएर लाग्नु र निर्वाचन विजय गराउनु हो ।’

उसले नेता कार्यकर्ताहरुलाई आ–आफ्नो क्षेत्रबाट प्रदेश, नगर, वडा, टोल टोलमा पुर्ण रुपमा खटिएर बहुमतका साथ उममेदवार जिताउने काममा लाग्न आग्रह गरेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...