सन्दीपलाई तेस्रो पटक अदालतमा पेश

Rojgar mela

२ कार्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई तेस्रो पटक अदालत पेश गरिएको छ ।

Nisharg hospital

सन्दीपलाई बुधबार बिहान ९ः४० बजे प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको हो । सन्दीपमाथि १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा उजुरी परेको छ ।

यसअघि सन्दीपलाई असोज २७ गते दोस्रो पटक र असोज २० गते पहिलो पटक प्रहरीले अदालतमा पेश गरेको थियो ।

सन्दीपलाई अदालतले पहिलो पटक असोज २० गते सात दिन र दोस्रो पटक थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

गत भदौ ५ गते १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...