बझाङमा जीप दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु

Nisharg hospital
krishi add
swostik

२ कात्तिक, धनगढी । बझाङमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको मष्टा गाउँपालिका–४ को चिउरीमा बुधबार दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

‘हामी भर्खरै घटनास्थलमा आइपुगेका छौँ,’ बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले  भने, ‘चार जनाको शव निकालेका छौँ । घाइतेहरुलाई अस्पताल पठाइरहेका छौँ । विस्तृत विवरण अहिले दिन सक्ने अवस्था छैन ।’ डीएसपी भण्डारीकाअनुसार जीप टुक्राटुक्रा भएका कारण नम्बर प्लेट समेत भेटिएको छैन ।
अहिले घाइतेहरुको उद्दार गर्ने क्रम जारी छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...