भारतमा फेरि बढ्यो कोरोना संक्रमण, एकै दिन थपिए २ हजार १४१ जना

Seti
arth ok

३ कात्तिक, काठमाडौं । भारतमा कोरोना संक्रमण फेरि बढेको छ ।

Nisharg hospital

भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार बिहीबारमात्र भारतमा २ हजार १४१ जना नयाँ संक्रमित थपिएका छन् ।

यससँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या २५ हजार ५४० पुगेको छ । विगत १५ दिनभित्र भारतको महाराष्ट्रमा मात्र १८ जनामा ओमिक्रोनको सब भ्यारियन्ट एक्सएक्सबी संक्रमण भएको छ ।

HPV

महाराष्ट्र स्वास्थ्य विभागका अनुसार नोभेम्बरको बीचमा एक्सएक्सबी संक्रमण उच्च विन्दुमा पुग्ने सम्भावना छ । यसैबीच विश्व स्वास्थ्य संगठनले बुधबारमात्र कोरोना भाइरस संक्रमण हालसम्म पनि विश्व स्वास्थ्य संकटको रुपमा कायमै रहेको घोषणा गरेको छ ।

अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपतकालीन समितिको बैठकपछि विश्व स्वास्थ्य संगठनले उक्त घोषणा गरेको हो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...