

काठमाडौं । भृकुुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनमा बैतडीका पूर्वमन्त्री दामोदर भण्डारीसहितका तीन नेता केन्द्रीय सदस्यका उम्मेदवार बनेका छन् ।
उम्मेदवारी दिनेमा पूर्वमन्त्री भण्डारी, लिलाधर भट्ट र गोविन्द गिरी रहेका छन् । भण्डारीले खुला केन्द्रीय सदस्य, भट्टले खुला सुदूरपश्चिम भूगोल केन्द्रीय सदस्य र गिरीले प्रदेश भूगोलको युवातर्फ उम्मेदवारी दिएका छन् ।
उनीहरु मध्ये भण्डारी र भट्ट अहिलेका केन्द्रीय सदस्य हुन् भने गिरी अनेरास्ववियुका निवर्तमान केन्द्रीय उपाध्यक्ष हुन् ।उनीहरु तीनै जना ओली प्यानलबाट उम्मेदवार बनेका छन् ।

