कैलालीमा चितुवाको बच्चा भेटियो

cp new add
Nisharg hospital

३ कात्तिक, धनगढी । कैलालीमा चितुवाको बच्चा भेटिएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–४ को बलियामा चितुवाको बच्चा फेला परेको प्रहरीले जनाएको छ ।

Nast Ad

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले चितुवाको बच्चा देखेपछि स्थानीयले खबर गरेपछि प्रहरीको टोलीले नियन्त्रणमा लिएको बताए ।

उक्त बच्चालाई नियन्त्रणमा लिएर इलाका वन कार्यालय लम्कीमा बुझाइएको डीएसपी जोशीले बताए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...