डडेल्धुरामा ८७ हजारसहित ६ जना जुवाडे पक्राउ

cp new add
Nisharg hospital

४ कात्तिक, डडेल्धुरा । डडेल्धुरामा जुवा खेलिरहेका ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दीपक जोशी, मदनराज पन्त, गंगादत्त भट्ट, रुद्र पाल, खगराज पनेरु र नवराज पाण्डेय रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

शुक्रबार बेलुकी ५ बजेतिर अमरगढी नगरपालिका–५ तुफानडाँडास्थित दोस्ती होटेलमा जुवा खेलिरहेको अवस्थानमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी उमाकान्त जोशीले जानकारी दिए ।

उनीहरूको साथबाट ८७ हजार ९ सय ७० रुपैयाँ पनि बरामद गरिएको जोशीले बताए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...