press
po

सुदूरपश्चिमका मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने डीएफओसँग स्पष्टिकरण मागियो

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले घुस मागेको आरोप लगाएपछि वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टसँग स्पष्टीकरण मागिएको छ।

sanjiwan
Nisharg

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बिहीबार भट्टलाई पत्र पठाउँदै २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको हो। मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाका अनुसार मुख्यमन्त्रीविरुद्ध घुस मागिएको अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएपछि त्यसबारे वास्तविकता स्पष्ट पार्न भट्टसँग जवाफ मागिएको हो।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

भट्टले एक सञ्चारमाध्यमसँगको कुराकानीमा मुख्यमन्त्री शाहले आफूबाट ५ लाख रुपैयाँ घुस मागेको आरोप लगाएका थिए। उनले रकम नदिएपछि आफूलाई धनगढीस्थित डिभिजन वन कार्यालयबाट सरुवा गरिएको दाबी गरेका छन्।

HAMRO DAIRY
Nav

मन्त्रालयले तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ नआए निजामती सेवा ऐनअनुसार कारबाही गर्न सकिने चेतावनी दिएको छ।

उता मुख्यमन्त्री शाहले भने आफूमाथि लागेको आरोप निराधार भएको बताउँदै छानबिनका लागि आफू तयार रहेको बताएका छन्।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपाले बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्रीमाथि लागेको आरोपको निष्पक्ष न्यायिक छानबिन गर्न माग गरेको छ।

यसअघि आर्थिक विवादका कारण गत असारमा मुख्यमन्त्री शाहले तत्कालीन वनमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए। त्यसयता उक्त मन्त्रालय मुख्यमन्त्री शाहले नै सम्हाल्दै आएका छन्।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...