डडेल्धुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते

cp new add
Nisharg hospital

९ कात्तिक, धनगढी । डडेलधुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

Nast Ad

बुधबार आलिताल गाउँपालिका १ को गैरा गांखेत सडकखण्डमा से १ ज ६०८ नम्बरको जिप दुर्घटना हुँदा ९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । जिपको ब्रेक फेल भएर दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

जिप चालक गन्यापधुरा गाउँपालिका बस्ने २४ वर्षीय विशाल देउवा पनि घाइते छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...