कैलालीमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

cp new add
Nisharg hospital

११ कात्तिक, धनगढी । कैलालीमा कारको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचैनीमा बा १२ च २११४ नम्बरको कारले सुपप्र ०१ ००८ प ५७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा चालक गोदावरी २ बस्ने ३३ वर्षीय शेरबहादुर पुनमगरको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका पुनमगरमको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।

ठक्कर दिने कार र चालक ३३ वर्षीय युसुभ श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...