लडेर वडाध्यक्ष रानाको निधन

cp new add
Nisharg hospital

११ कात्तिक, गोरखा । गोरखा नगरपालिका वडानम्बर ५ का अध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । भाइटीकाको दिन साँझ उनको निधन भएको हो । घरमै बसिरहेको बेला दिउँसो एक्कासी लडेर बेहोस भएपछि उनलाई गोरखा अस्पताल पुर्‍याइएको थियो ।

गोरखा अस्पतालका अनुसार अस्पताल पुग्नुअघि नै उनको निधन भइसकेको थियो । मृत्युको कारण भने अझै खुल्न सकेको छैन । युवा संघ नेपालका केन्द्रीय पदाधिकारी समेत रहेका उनी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

रानाको शव पोष्टमार्टका लागि गोरखा अस्पतालमा राखिएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...