निर्वाचन आयोग निर्णयविरुद्धका दुई रिटमा आज सुनुवाइ हुँदै

cp new add
Nisharg hospital
suchana

१५ कात्तिक, काठमाडौं । निर्वाचन आयोगका पछिल्ला दुई निर्णयविरुद्ध दायर रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

‘नो नट अगेन’ नामक फेसबुक पेज बन्द गर्न आयोगले जारी गरेको विज्ञप्तिको विरोधमा र ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजीविरुद्ध परेको छुट्टाछुट्टै रिटमाथि सुनुवाइ हुन लागेको हो ।

‘नो नट अगेन’लाई बन्देज गर्ने गरी आयोगले जारी गरेको विज्ञप्ति खारेजीको माग गर्दै रिट दर्ता भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कार्कीले आफ्नो उम्मेदवारी खारेजीको निर्णयविरुद्ध सोमबार नै दायर गरेकी थिइन् ।

मेडिकल काउन्सिलको निर्वाचित पदमा कार्यरत रहेको भन्दै आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको थियो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...