

धनगढी । बैतडीमा भरुवा बन्दुक पड्किएर एक जना घाइते भएका छन् ।
घाइते हुनेमा सुर्नया गाउँपालिका–२ का वडासदस्य समेत रहेका ४५ वर्षीय दानबहादुर ऐरी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बल्देव बडूले जानकारी दिए ।

ऐरी आफैँले भरेको बन्दुकको छर्रा घाँटीमा लागेर बुधबार साँझ घाइते भएका उनले बताए ।
घाइते ऐरको जिल्ला अस्पताल बैतडीमा सामान्य उपचारपछि धनगढी रिफर गरिएको र अहिले माया मेट्रो अस्पताल धनगढीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
उक्त बन्दुक प्रहरीले नियन्त्रणले लिएको र घटनाका बिषयमा थप अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता बडूले जानकारी दिए ।

