प्रधानमन्त्री देउवा हेलीकोप्टर मार्फत आज धनगढी आउदै

cp new add
Nisharg hospital

१६ कात्तिक, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार (आज) धनगढी आउने भएका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा आज नेपाली सेनाको हेलीकोप्टरमार्फत धनगढी आउन लागेका हुन् ।

Nast Ad

प्रधानमन्त्रीको सचिवालयकाअनुसार देउवा सवार हेलीकोप्टर बोराडाँडीस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गर्नेछ भने त्यहाँबाट उनी राष्ट्र बैँकको निवास जानेछन् । बिहीबार(भोलि) देखि चार दिन उनी आफ्नो गृह जिल्ला डडेल्धुरामा चुनावी प्रचारमा हुनेछन् ।

पाँच पटक प्रधानमन्त्री भइसकेका देउवा मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डडेल्धुराबाट उम्मेदवार बनेका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...