गाउँमै बसौँ बसौँ लाग्ने वातावरण बनाउन चुनाव लडेको हुँ : रामचन्द्र पौडेल

cp new add
Nisharg hospital
suchana

१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा अहिले प्रतिभा र श्रम शक्तिको पलायन द्रुत गतिमा भइरहेकोप्रति दुख व्यक्त गरेका छन ।

उनले सबैलाई आफ्नै गाउँमा बसौँ बसौँ लाग्ने वातावरण बनाउनका लागि राजनीतिमा लागेको बताए । उनले बुधवार एक भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘नेपालमा अहिले प्रतिभा र श्रम शक्तिको पलायन द्रुत गतिमा भइरहेको छ ।

हाम्रा गाउँहरू रित्तिइरहेका छन । हामीले हरेक गाउँमा मोटर, बिजुली, खानेपानी पुर्याएउ त्यहाँ स्कुल र स्वास्थ्य चौकी बनायौँ , सबै सुविधा गाउँमा पुर्याइए पनि गाउँमा रिक्तिन रोकिएको छैन ।’

अहिले देशको सबैभन्दा ठुलो समस्या र चुनौती भनेकै युवा जनशक्तिलाई गाउँमा बस्ने वातावरण बनाउनु भएको औँल्याए । ‘गाउँमा बसौँ बसौँ लाग्ने वातावरण बनाउन म राजनीतिमा लागेको हुँ ।

त्यो सपना, आकांक्षा र चाहना अहिलेसम्म पुरा हुन सकेको छैन । त्यसलाई पुरा गर्नका लागि म फेरि चुनाव लडेको छु उनले भने ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...