

१७ कात्तिक, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई १५ वर्षसम्म कायम राख्ने इच्छा भएको बताएका छन् ।
बिहीबार सत्तारुढ गठबन्धनले डडेल्धुरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले ओलीका असंवैधानिक कदम रोक्न बाध्यात्मक परस्थितीमा गठबन्धन बनेको उल्लेख गर्दैै १५ वर्षसम्म कायम गर्ने इच्छा व्यक्त गरेका हुन् ।
‘हामीले केपी ओलीका असंवैधानिक कदम रोक्न बाध्यात्मक परस्थितीमा गठबन्धन गरेको थियौँ । संविधानको रक्षाका निमित्त गठबन्धनलाई १०–१५ वर्षसम्म लैजाने इच्छा छ, ’ देउवाले भने ।
उनले ओलीले राष्ट्रपति भण्डारीलाई रातिको २ बजे उठाएर संसद भंग गरेको बताउँदै उनले सबैको आग्रहमा प्रधानमन्त्री भएको जनाए । छिमेकी मुलुक चिन र भारतसँग लडेर सम्भव नसकिने भएकाले मित्रता कायम गरेर अघि बढनुको विकल्प नभएको उनको भनाई थियो ।
देउवाले राष्ट्रिय गौरवको पश्चिम सेती परियोजना निर्माणको अघि बढिसकेको दाबी गर्दै डडेल्धुराको विकासका लागि प्रतिबद्ध रहेको समेत बताए । डडेल्धुरालाई पर्यटकीय हवका रुपमा विकास गर्न मुख्य राजमार्गलाई चार लेनको बनाउने, परशुरामबाट भारत आउजाउ गर्ने आधिकारीक नाका खोल्ने जस्ता काम गर्ने योजना रहेको समेत उनले सुनाएका छन् ।

