
१७ कात्तिक, धनगढी । दार्चुलामा दुई किलो चरेशसहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको मार्मा गाउँपालिकाको लटिनाथबाट दुई किलो चरेशसहित अपिहिमाल गाउँपालिका–५ लुम्थिका ४४ वर्षीय दानसिंह धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) तर्कराज पाण्डेले मार्मा–गोकुलेश्वर भित्र सडकखण्डमा चल्ने से १ ज ६१८ नम्बरको बोलेरो जिपबाट लागुऔषध चरेशसहित धामीलाई पक्राउ गरिएको जानकारी दिए ।
उनकाअनुसार निजलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

