सुदूरपश्चिम प्रहरी डीआईजी रानाको कमाण्डमा देशकै उत्कृष्ट

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । कार्यसम्पादन मूल्यांकनमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी उत्कृष्ट भएको छ । प्रधान कार्यालयले गरेको कार्यसम्पादन मूल्यांकनमा सुदूरपश्चिम देशकै उत्कृष्ट भएको हो ।

प्रहरी प्रधान कार्यालयले अर्ध वार्षिक र ९ महिनाको कार्यकालको कार्यकालको छुुट्टाछुट्टै मूल्यांकन गरेको थियो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले अर्ध वार्षिकतर्फ ८० दशमलव २१ प्रतिशत र ९ महिने कार्यकालतर्फ ८५ दशमलव ११ प्रतिशत अंक प्राप्त गरेको छ ।

सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) ओम बहादुर रानाको कार्यकालमा प्रदेश प्रहरी कार्यसम्पादनमा देशमै उत्कृष्ट बनेको हो । प्रहरीले पछिल्लो समय अपराध अनुुसन्धान, लागूऔषध दुव्र्यशनी, चोरी पैठारी नियन्त्रण तथा फरार प्रतिवादी पक्राउलाई अभियानकै रुपमा अघि बढाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...