राप्रपाको आरोप – राष्ट्र र नागरिकका सवालमा सरकार र रास्वपा जिम्मेवार बनेनन्

cp new add
Nisharg hospital

 

काठमाडौँ । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सार्वभौमसत्ता, स्पष्ट विदेश नीति र नागरिकका आधारभूत समस्या समाधानका लागि सरकार र सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) जिम्मेवार नबनेको आरोप लगाएको छ।

Nast Ad

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद भरत गिरीले सरकारले सीमा विवाद र जनजीविकाका सवालमा ठोस कदम चाल्न नसकेको बताए ।

सांसद गिरीले नेपालको लिपुलेक क्षेत्र भारत र चीन दुवैले प्रयोग गरिरहेको सन्दर्भमा सरकारको आधिकारिक धारणा माग गरे । ‘नेपालले पनि छिमेकीको सीमा मिचेको छ’ भन्ने प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले भने, ‘सीमा विवाद समाधान गर्न र नेपाललाई बफर स्टेट बाट भाइब्रेन्ट ब्रिज बनाउन सरकारको ठोस मार्गचित्र खोइ ?’ उनले यस विषयमा सत्ता साझेदार दल रास्वपाको समेत स्पष्ट धारणा आउनुपर्ने बताए।

नेपाल र भारतबिच परापूर्वकालदेखि रहेको रोटीबेटीको सम्बन्धलाई राजनीतिक सीमामा मात्र सीमित राख्न नहुने उनको तर्क थियो। सीमा क्षेत्रका नागरिकले दैनिक उपभोग्य वस्तु, मल र खाद्यान्न ल्याउँदा सुरक्षाकर्मीबाट पाउने सास्ती र त्रासको अन्त्य हुनुपर्ने गिरीको थियो ।

‘चेकिङका नाममा सर्वसाधारणलाई दिइने सास्ती बन्द गरियोस्, बरु बिचौलिया र तस्करको अवैध धन्दा नियन्त्रणमा ठोस कदम चालियोस्,’ उनले भने।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...