आमालाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा छोरा पक्राउ

cp new add
Nisharg hospital

१८ कात्तिक, सिन्धुपाल्चोक । आमाको हत्या गरेको आरोपमा प्रहरिले छोरालाई पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भई कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३५ वर्षीय जय बहादुर तामाङलाइ आफ्नै आमा ७० वर्षीया फुलमाया तामाङको हत्या गरेको अभियोगमा बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै डेरामा जय बहादुरले खुकुरी प्रहार गरी आमाको हत्या गरेको प्रहरीले जनाएको छ ।

उक्त खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...