
१८ कात्तिक, धनगढी । बझाङमा एक बालकको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ ।

जिल्लाको थलारा गाउँपालिका–८ विस्खेतका नरेन्द्र जोशीका ७ वर्षीय छोरा किवांश जोशीको अरिङ्गालको टोकाइबाट बिहिबार मृत्यु भएको हो ।
भाइटीका मान्न माइतीघर डोटीको सायल गाउँपालिका ५ गुरेना गएकी आमा आरती जोशीसँगै मामाघर गएका उनलाई गत मंगलबार घर नजिकै अरिङ्गालले टोकेको थियो ।
अरिङ्गालको टोकाइबाट घाइते भएका उनलाई अस्पतालबाट सामान्य उपचारपछि घर पुर्याटएको र बिहीबार मृत्यु भएको थलारा–८ का वडाध्यक्ष टीकाराज जोशीले बताए ।

