
१८ कात्तिक, धनगढी । बझाङमा अहिलेसम्म १ जनाले मात्रै हातहतियार बुझाएका छन ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाइ सुरक्षित एवं भरपर्दो बनाउन जिल्ला प्रशासन कार्यालय बझाङले आफूसँग भएका इजाजतप्राप्त हातहतियार ३५ दिनभित्र बुझाउन भन्दै गत असोज १४ गते सूचना जारी गरेको थियो ।
जिल्लाभित्र रहेका इजाजतप्राप्त हातहतियारहरु कात्तिक ५ गतेभित्र बुझाउन सूचनामार्फत भनिएको थियो, सोही अनुसार जिल्लाभरिमा १ जनाले मात्र हातहतियार बुझाएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
निर्धारित समयमा हातहतियार नबुझाउनेहरुसँग फेरि हातहतियार फेला परेमा कानुन बमोजिम कारबाही गरिने प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताएका छन ।

