आरोपीलाई पक्राउ गर भन्दा मलाई समात्यो : निहारिकाले भनिन

cp new add
Nisharg hospital

१८ कात्तिक, काठमाडौं । कुमारी आमाका रुपमा चिनिएकी निहारिका राजपुतले आरोपीलाई पक्राउ गर्न माग राख्दै बालुवाटार पुग्दा प्रहरीले आफूलाई पक्राउ गरेको बताएकी छन् ।

Nast Ad

जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले पक्राउ गरेपछि अझै पनि आफू प्रहरी कार्यालयमा रहेको राजपुतले बताइन् । उनी आफ्नो छोरा बलात्कारबाट जन्मिएको बताउँदै शिवराज श्रेष्ठसँग डीएनए जाँच गराउन माग गर्दै पटकपटक अनशन बसेकी थिइन् ।

उनले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । पछि ५ भदौमा तत्कालीन कानूनमन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमति भएपछि उनले अनशन तोडेकी थिइन् । सहमतिमा उनको माग बमोजिम आरोपी श्रेष्ठसँग उनको बच्चाको डीएनए परीक्षण गर्न उच्च अदालत जनकपुरसँग माग गर्ने सहमति गरिएको थियो ।

त्यसक्रममा भएको राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा छोरा र श्रेष्ठको डीएनए जाँच भएको थियो । डीएनए रिपोर्ट श्रेष्ठसँग म्याच भएको छ । ‘सुरुमा रिपोर्ट सार्वजनिक गरेर पक्राउ गर्न माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार गएको थिएँ’, प्रहरी कार्यालयबाट राजपुतले भनिन्, ‘अहिले रिपोर्ट मसँग छ, प्रहरीले शिवराजलाई तत्काल पक्राउ गरोस् ।’

जिल्ला अदालत धनुषाले बलात्कार मुद्दाका आरोपित श्रेष्ठलाई सफाइ दिएको थियो । सफाइ दिने न्यायाधीश पर्शुराम भट्टराई छानबिनका क्रममा सर्वोच्च अदालतमा तानिएका थिए ।

जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिल उच्च अदालत जनकपुरमा गएको थियो । त्यही मुद्दा सुनुवाइका क्रममा उच्च अदालतले डीएनए परीक्षणको आदेश दिएको थियो ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...